कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा विभिन्न दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ।  काँग्रेसको नयाँ नेतृत्व समेत चयन हुने यो महाधिवे...