अमेरिकी अर्थतन्त्र र श्रम बजजारको लोभ लाग्दो 'कमब्याक', बेरोजगारको संख्या ५३ वर्षयताकै कम

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकामा बेरोजगारी भत्ता दाबी गर्नेको संख्या सन् १९६९ यताकै न्यून स्तरमा आएको छ । गत हप्ता जम्मा १ लाख ८७ हजार व्यक्तिले मात्रै बेरोजगारी भत्ताका लागि आवेदन दिएको श्रम मन्त्रालयले बताएको छ । यो अघिल्लो हप्ताको तुलनामा २८ हजार कम हो । यसले कोरोना भाइरसको महामारी शुरु भएयता अमेरिकी श्रम बजारमा आएको सुधारतर्फ औंल्याएको छ । यो अवस्थालाई सामाजिक सञ्जालमा धेरैले उक्त वर्ष भएका ऐतिहासिक घटनाहरुसँग जोडेर उल्लेख गरिरहेका छन् । दुई वर्ष अघि संक्रमण नियन्त्रण गर्न बन्दाबन्दी गरिँदा अमेरिकामा साप्ताहिक बेरोजगार संख्या कीर्तिमानी स्तरमा उक्लिएको थियो । त्यति बेला बेरोजगारी भत्ता दाबी गर्नेको संख्या ६० लाख नाघेको थियो । सरकारले ल्याएको बृहत कोभिड राहत योजना र स्टिमुलस कार्यक्रमका कारण अर्थतन्त्रमा क्रमिक सुधार आएको छ । अमेरिकी अर्थतन्त्र र श्रम बजारमा आएको सुधारले अधिकांश विश्लेषकहरुलाई पनि अचम्भित तुल्याएको छ । गत वर्ष अमेरिकी आर्थिक वृद्धिदर ५ दशमलव ७ प्रतिशतले बढेको थियो भने रोजगारी सृजना पनि स्वस्थ दरमा बढिरहेको छ । गत महिना मात्रै ६ लाख भन्दा धेरै रोजगारी सृजना भएको थियो । बेरोजगारी दर घटेर ३ दशमलव ८ प्रतिशतमा आएको छ । 

सम्बन्धित सामग्री

अमेरिकी अर्थतन्त्रमा मन्दी निम्तिन सक्ने चेतावनी

८ जेठ, काठमाडौं । अमेरिकी अर्थतन्त्र संकटोन्मुख छ । रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् । संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो प्रतिष्ठा गुमाउनेछ । सरकार ऋण तिर्नका लागि असमर्थ भएमा लाखौँ मानिस सामाजिक सुरक्षा […]

आगामी १२ महिनामा अमेरिकामा आर्थिक मन्दीको शतप्रतिशत सम्भावना

अमेरिकी अर्थतन्त्र आगामी १२ महिनाभित्र मन्दीमा फस्ने शतप्रतिशत सम्भावना रहेको एक नयाँ ब्लूमबर्ग अर्थशास्त्र पूर्वानुमान मोडेलले सोमबार जनाएको छ । संसदमा नियन्त्रण निर्धारण गर्ने मध्यावधी चुनावको केही हप्ता अघि यस्तो गम्भीर प्रक्षेपण गरिएको हो । एक हप्ता अघि राष्ट्रपति जो बिडेनले मन्दीको सम्भावना नहुने कुरामा जोड दिएका थिए । उनले कुनै उतारचढाव आएपनि यो अत्यन्तै […]

लयमा फर्कँदै अमेरिकी अर्थतन्त्र, एकै महिना थपियो ४ लाख २८ हजार रोजगारी

कोरोना महामारीले शिथिल बनेको अमेरिकाको रोजगार बजारमा अप्रिल महिनामै ४ लाख २८ हजार रोजगारी थपिएको छ । महामारीबाट थलिएको विद्युतीय बजार लयमा आएसँगै रोजगारी थपिएको हो । समाचार संस्था सिएनएनका अनुसार रोजगारीको संख्या अझै बढ्न सक्ने उल्लेख गरेको छ । मार्चमा पनि अप्रिल महिनाकै संख्या आसपासमा रोजगारी थपिएको थियो । रोजगारीको संख्या बढ्न थालेसँगै अमेरिकाको अर्थतन्त्र पुरानै लयमा फर्किएको आँकलन गरिएको छ ।कोरोना महामारीपछि मात्रै अमेरिकाको रोजगार बजारमा १.२ मिलियन रोजगारी थपिएको छ । जबकी, कोरोना महामारी व्

अमेरिकी अर्थतन्त्रको वृद्धिदर ३८ वर्ष यताकै उच्च

अमेरिकी अर्थतन्त्र गएका वर्ष पछिल्लो केही दशक यताकै तीव्रदरमा बिस्तार भएको छ । कोरोना भाइरसको महामारीबाट सिथिल भएको अर्थतन्त्रमा राम्रोसँग सुधारको मार्गमा आएर बिस्तार भएको देखिएको हो । वित्त मन्त्रालयले जारी गरेको आधिकारिक तथ्यांक अनुसार अमेरिकी अर्थतन्त्रको वृद्धिदर गत वर्ष (सन् २०२१) मा ५.७ प्रतिशत रह्यो । सन् १९८४ यता अमेरिकी अर्थतन्त्रको यो वृद्धिदर उच्च […]

ओमिक्रोनले अमेरिकी आर्थिक वृद्धिमा सामान्य प्रभाब पर्ने तर कमजोर नबन्ने : एलेन

कोरोनाभाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोनले आगामी महिनाहरूमा अमेरिकी आर्थिक वृद्धिलाई सामान्य प्रभाब पारेपनि यसका कारण अमेरिकी अर्थतन्त्र कमजोर नबन्ने अर्थमन्त्री जेनेट एलेनले बताउनुभएको छ । “ओमिक्रोनले अमेरिकी अर्थतन्त्रको तौल गर्नेछ तर यसलाई कमजोर गर्ने छैन,” विभिन्न शहरबाट वासिङ्टनमा भेला भएका नगरप्रमुखहरूसँगको छलफलपूर्व मन्त्री एलेनले बुधबार बताउनुभयो । उहाँले भन्नुभयो, “पक्कैपनि, ओमिक्रोनले एउटा चुनौती प्रस्तुत गरेको छ […]

साढे ६ प्रतिशतले बढ्यो अमेरिकी अर्थतन्त्र

साउन १७ वाशिङ्टन डीसी (अमेरिका) । यस वर्षको दोस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्र वार्षिक साढे ६ प्रतिशतले बढेको छ । अमेरिकी वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । पछिल्लो वृद्धिसँगै अर्थतन्त्रको आकार महामारीपूर्वको स्तरमाथि पुगेको छ ।  समीक्षा अवधिमा जीडीपीको ७० प्रतिशत हिस्सा ओगटेको उपभोक्ता खर्चमा उल्लेख्य वृद्धि भएको छ । आप्रिल–जुन त्रैमासमा उपभोक्ता खर्च ११ दशमलव ८ प्रतिशतले बढेको छ ।  पूँजीगत लगानीमा पनि ८ प्रतिशतको वृद्धि भएको छ । कोरोना भाइरस विरोधी खोप कार्यक्रम अगाडि बढेको र बृहत स्तरका आर्थिक उपायका कारण जीडीपीमा वृद्धि भएको हो । जीडीपीमा सकारात्मक वृद्धि देखिएको यो लगातार चौथो त्रैमास हो ।  यद्यपि वृद्धिको यो दर अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा चाँहि कम हो । दोस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्र ८ प्रतिशत भन्दा धेरैले बढ्ने अनुमान गरिएको थियो ।  पछिल्लो समय अमेरिकामा फैलिरहेको कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टका कारण संक्रमण बढेर थप लकडाउन हुने चिन्ता देखिएको छ । कम्पनीहरुले पर्याप्त कर्मचारी पाउन सकेका छैनन् । सरकारको स्टिमुलस कार्यक्रम बन्द भएपछि उपभोक्ता खर्च पनि घट्ने विश्लेषकहरुले बताएका छन् । रासस/एपी

अमेरिकी अर्थतन्त्र सुधार्न बाइडनद्वारा २३ खर्ब डलर लगानीको प्रस्ताव

१९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाको अर्थतन्त्रमा सुधारको लागि २३ खर्ब डलरको लगानीको योजना अघि सारेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण आर्थिक वृद्धिदर कमजोर बनेको अवस्थामा त्यसलाई सुधार गर्ने उद्देश्यले लगानीको यो योजना ल्याइएको हो । बाइडनको योजनामा पूर्वाधार विकास र जलवायु परिवर्तन नियन्त्रणलाई ध्यानमा राखिएको छ । जसअनुसार […]

अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले खुम्चिने अनुमान

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म)मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ ।

सुनको भाउ पाँच वर्षयताकै उच्च, अमेरिकी अर्थतन्त्र र डलर कमजोर हुनु प्रमुख कारण

काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ पाँच वर्षयताकै उच्च भएको छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु,