सामाजिक सञ्जालबाट चुनावी प्रचार हुन थालेपछि झण्डा र ब्यानर बनाउनेहरु मर्कामा

पहिले पहिले चुनाव आउनु एक, दुई महिना अघिदेखि नै सडकमा विभिन्न दलका पर्चा, पम्पलेट, ब्यानर र झण्डा फरफराउँथे । सडक र टोलमा पनि भोट माग्नेहरुको चहलपहल उत्तिकै हुन्थ्यो । घर दैलो पनि जुलुस आए सरह नै हुन्थ्यो । कोही नारा भट्याउँदै हिँड्थे र कोही पर्चा बाँड्दै । हरेक चुनावमा यस्तै चहलपहल हुन्थ्यो । विभिन्न दलका नेता कार्यकर्ता र उम्मेदवारले हातैले पार्टीका पर्चा बाँड्दै हिँड्थे । तर, केही वर्ष अघिदेखि चुनावमा यस्ता पर्चा, ब्यानरको प्रयोग हुन छाडेको छ । सामाजिक सञ्जाल सबैको पहुँचमा पुगेपछि पर्चा ब्यानरको आवश्यकता पनि छैन । निर्वाच...