छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।सुनसरीको इटहरी उपमहानगरपालिका-१७ स्थित सडकमा स ५ प ७८८ नम्बरको मोटरसाइकल र प्र-१-०१-००१ ख ४१७१ नम्बरको ट्रक आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका-९ बस्ने ३१ वर्षीय विनोद तिमल्सिनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा ना ४ च ४५२५