अस्पताल ल्याउँदै गर्दा बाटैमा संक्रमितको मृत्यु

सल्यान : उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सल्यानमा एक जनाको बाटोमै मृत्यु भएको छ।कपुरकोट गाउँपालिका ६ का ६४ वर्षीय पुरुषको मंगलबार राति करिब ८ बजेतिर गाउँपालिकामा रहेको कोभिड-१९ अस्थायी अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको गाउँपालिको जनाएको छ।मृतक दम र मधुमेहका बिरामी थिए। २२ गते दाङको तुलसीपुरमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। मंगलबार राति नै बनगाड कुपिण्डे नगरपालिकाका-६ का एक पुरुषको पनि कोरोनाबाट नै मृत्यु भइसकेको छ।देवस्थल आइसोलेसनमा उपचार गराइरहेका उनको मृ

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।