नेपाल–भारत मैत्रीपूर्ण खेलका लागि ५१ सय टिकट बिक्यो

 नेपाल र भारतबीचका मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ५१०० वटा टिकट बिक्री भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले खेलका लागि ५१०० टिकट बिक्री भइसकेको जानकारी दिए । ‘कोभिडको दौरानमा पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा यसलाई हेरिएको छ ।  स्वास्थ्य मन्त्रालय र फिफाको प्रोटोकल पूर्ण पालना भएको छ’, उनले भने, ‘खेल हेर्नका लागि दुवै डोज खोप लगाएको हुनुपर्नेछ। यही अवस्थाम