एमालेका तीन सांसदलाई मन्त्रीबाट राजीनामा दिन निर्देशन

सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना आफ्ना सांसदलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।एमाले कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले प्रदेश सरकारमा सहभागी अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई राजीनामा दिन निर्देशन गरेको हो ।यी तीन जनासहित प्रकाश ज्वालाले बैशाख ३ गते प्रदेश सभामा मुख्यमन्त्री महेन्द्र शाहीको पक्षमा […]

सम्बन्धित सामग्री

विश्वासको मतका लागि कोशीमा राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर !

गठबन्धनसँग ४७ सीटको बहुमत भए पनि उपसभामुख एमालेको भएकाले उनी अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका जेष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्नासाथ बहुमत पाउने छैनन् ।

राजीनामा दिएका सांसद विष्ट अझै आएनन् सनाखत गर्न

सुर्खेत । नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर विष्टले सांसद पदबाट राजीनामा दिएको तीन दिन वित्दा पनि प्रदेश सभामा सनाखत गर्न आएका छैनन् । उनले फागुन २७ गते इमेल मार्फत प्रदेश सभामा राजीनामा पेश गरेका थिए । एमसिसि पास गरिएको, गैर सांसदलाई मन्त्री बनाइएको र पार्टीमा राजनीतिक विचलन आएको भन्दै उनले सांसद […]

हमालको राजीनामा जनताकै भावना अनुसार : नेता श्रेष्ठ

धनुषा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताका भावना विपरीत मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका छन् । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको उनले बताए । जनकपुर विमानस्थलमा नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भए पनि […]

लुम्बिनी प्रदेश: सत्ता टिकाउने र ढाल्ने कसरतमा दल

मन्त्रीले नै सरकार अल्पमतमा रहेको बताउँदा पनि मुख्यमन्त्री पोखरेलले भने राजीनामा दिने नैतिकता देखाएका छैनन्। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको छ। जसपाका ३ सांसदलाई मन्त्री दिएर पोख...

मुख्यमन्त्रीविरुद्ध बिपक्षी रणनीति: सत्ता छोड्न झन् दबाब

आफ्नो दल एमालेका ३८ र बिभाजित जसपाका चार सांसदलाई मन्त्री बनाएर संबिधानको धारा १६८ को २ अनुसार सरकार गठन गरेको भन्दै बिपक्षीहरुले बिश्वासको मत लिनका लागि मुख्यमन्त्री पोख्रेललाई दबाब दिईरहेका थिए । १६८ को २ अनुसार उनिसंग केहि दिन अघि सम्म भने उनिसंग स्पष्ट बहुमत थियो । भलै उनले अहिले सम्म बिश्वासको मत लिन खोजेनन् । तर अब भने जसपाकै एक मन्त्रीले राजीनामा दिएपछि १६८ को २ अनुसार पनि पोख्रेल मुख्यमन्त्री बन्नका लागि असक्षम भैसकेका छन् ।

शाही सरकारमा रहेका तीनजना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत : नेकपा एमालेले कर्णाली सरकारमा रहेका तीन सांसदलाई मन्त्री पदबाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ। शुक्रवार बसेको एमाले संसदीय दलको बैठकले मन्त्री अमर बहादुर थापा, कुर्मराज शाही र नन्द सिं बुढालाई राजीनामा दिन निर्देशन दिएको हो। बैठकले दलिय व्यवस्थाको आचारण विरुद्ध नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा रहेको भन्दै…

प्रचण्ड र नेपालको साथ छाडेर ओलीतिर लागेका ४ सांसदलाई मन्त्री उपहार !

काठमाडौं । प्रदेश नं १ को मन्त्रिमण्डलमा दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार जना थपिएका छन् । शुक्रबार मुख्यमन्त्री शेरधन राईले चार जना थप गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी ओलीको पक्षमा लागेका चार जना सांसदलाई मन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला, नेपाल–खनाल समूह छाडेर ओली समूहमा लागेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ । त्यस्तै कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुनुभएको छ । मगर यसअघि नेपाल पक्षमा भए पनि पुस ५ गतेपछि ओली समूहमा लाग्नुभएको थियो । योसँगै प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बन्नु पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । बुधबार बसेको एमाले प्रदेश १ संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने एमालेका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन एक हप्ताको समय दिएको थियो ।