सत्ता गठबन्धनमा खटपट सुरु भइसक्यो : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको बताएका छन् । उनले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने र कांग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी गरे । सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्‍याइएको दाबी गरे ।