म्याग्दीका सिडिओले पत्रकारलाई धम्की दिए, भनें : मैले चिनिनँ

म्याग्दी : समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारमाथि म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले दुर्व्यवहार गरेका छन्। पत्रकार साधन राम्जाली र धीरनबहादुर खत्रीमाथि आइतबार प्रजिअ अधिकारीले समाचार संकलनमा रोक लगाएका हुन्। द्बन्द्बपीडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रजिअ अधिकारीले समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाई कार्यकक्षबाट समेत निकालेका थिए।&nbs

सम्बन्धित सामग्री

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

काठमाडौँ / निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका... The post मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले appeared first on Purbeli News.

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन: निवर्तमान वनमन्त्री आले

विमल विष्ट, काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफुले पत्रकारलाई धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले आज एक बिज्ञप्ति प्रकासित गर्नु हुँदै नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा समाचार […]