काठमाडौँ : विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया-युक्रेन युद्धमा नेपालीहरुलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधिसभामा छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ।राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रसिया-युक्रेन युद्धमा नेपालीलाई सहभागी गराइएको भन्दै प्रतिनिधिसभामा छलफलका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको हो। बिहीवार संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद