महिला युरो कप : नेदरल्याण्ड्स र स्वीडेन विजयी

काठमाडौं : महिला युरोपियन च्याम्पियनसिप फुटबलमा नेदरल्याण्ड्स र स्वीडेन विजयी भएका छन्।समूह सी मा रहेको साविक विजेता नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३–२ को जित निकाल्यो। खेलको सातौ मिनेटमै डामारिस इक्वेरोलाको गोलसँगै नेदरल्याण्ड्सले अग्रता लिएको थियो।१६औं मिनेटमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले अग्रता दोब्बर पारिन्। त्यसपछि पोर्चुगलले लगातार दुई गोल थप्न सफल भयो।उसका लागि ३८औं मिनेटमा पेनाल्टीमार्फत क्यारोली कोष्टा र ४७औं मिनेटमा डायन सिल्वाले गोल थपेकी थिइन्। तर ६२औं मिनेटमा भा