रूसले विश्वलाई अनिकालको भूमरीतर्फ धकेलेको ईयू अधिकारीको आरोप

काठमाडौँ- युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धको नाकाबन्दीमार्फत् रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको युरोपेली संघ ईयूको विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् । खाद्य सुरक्षाको खतरा र युक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धका कारण मस्कोमाथि पश्चिमी प्रतिबन्धबारे सोमबार लक्जमबर्गमा युरोपेली संघका विदेश मन्त्रीहरूबीच छलफल हुने तयारी भइरहँदा ईयूका अधिकारीको यो भनाइ आएको हो । […]