काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्रचार गरेको छ । यही वैशाख १२ गतेदेखि काठमाडौंको बागमती किनारसहित विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्वासीका अवैध घरटहरा हटाउने भन्ने विषयमा आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार गरेको हो । आयोगले पत्राचारमा भनेको छ, ‘आयोगका सिफारिस र सर्वोच्च अदालतबाट भएका […]
विधेयकको मस्यौदामा निजामती कर्मचारीको उमेर हद, सरुवा–बढुवाका नयाँ मापदण्ड, र सेवाका अन्य सर्तहरूमा व्यापक हेरफेरको प्रस्ताव गरिएको छ। सरोकारवालाहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक वेबसाइट वा तोकिएको अनलाइन पोर्टलमा गएर आफ्ना सुझावहरू दर्ता गराउन सक्नेछन्।
काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न मितिमा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे । मन्त्रिपरिषद् बैठकले यही वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका […]
प्रतिष्ठित उद्योगी पवनकुमार गोल्याणले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग आफ्नो कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। पछिल्लो समय एक सञ्चारमाध्यममा आफ्नो नाम भट्टसँग जोडेर प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै गोल्याणले उक्त समाचारलाई पूर्ण रूपमा भ्रामक, अप्रमाणित र कपोकल्पित बताएका हुन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गोल्याणले आफूलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास […]
निर्माण व्यवसायीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पाण्डेलाई आफू अनुकूल ठेक्का पार्ने प्रयासका क्रममा सार्वजनिक ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोप सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा सार्वजनिक खरिद प्रक्रियामा […]