परम्परागत सीप प्रवर्द्धन र स्थानीय उत्पादनलाई प्रदर्शन गर्न ‘तानसेन महोत्सव’

तानसेन नगरपालिकाले परम्परागत सीप प्रवर्द्धन र स्थानीय उत्पादनलाई प्रदर्शन गर्न ‘तानसेन महोत्सव’ को तयारी गरेको छ । कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार, तानसेन महोत्सव भन्ने मूल  आयोजना गर्न लागेको हो । पहिचान गुम्दै गएको पाल्पाली ढाका, सीप हस्तान्तरण हुन नसकेको पाल्पाली करुवा लगायतको प्रवर्द्धन महोत्सवमा गरिने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।