सर्वोच्चका न्यायाधीशहरूले आज पनि मुद्दा हेरेनन्

काठमाडौं : सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन्।इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ।जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरू इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका छन्। यद्यपि, प्रधानन्यायाधीशले भने मुद्दा हेरे। उनले एउटा मुद्दा तामेलीमा राख्दै अर्को मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन्।यस्तै, अर्को ए

सम्बन्धित सामग्री

टिकटक सम्बन्धी मुद्दा सर्वोच्चले आज हेर्न भ्याएन

सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाउने निर्णयविरुद्धको रिट निवेदन आज मंगलबार पेशी चढेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।...

के होला आज आइजी विवादको मुद्दा ?

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादको सुनुवाई आज अदालतमा हुँदैछ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइको लागी पेशी तोकिएको हो। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासले  आज पेशी तोकिएको हो। पटक पटक हेर्दाहेर्दैमा राखिएको मुद्दा गत सोमबार  सरकारी वकिलहरु…

राप्रपाले आज अर्थमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्दै

काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने भएको छ । राप्रपाको सुशासन विभागको आयोजनामा अर्थमन्त्रीविरूद्व प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको सचिव प्रकाश सिंह नायकले बताए ।

आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज (आइतबार) पनि हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको र आज पनि आईजीपी नियुक्ति विरुद्धको मुद्दा बहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ ।अर्को सुनुवाइ असार १९ गते हुनेछ ।

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, असार १९ गते अर्को सुनुवाइ

आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ । मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

आज पनि टुंगिएन गभर्नरको मुद्दा

काठमाडौँ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ। बिहीबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो। आज सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारबाही अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश फुयालको इजलासले अधिकारीमाथि अनुसन्धान गर्न गठन गरेको छानबिन समितिको औचित

आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं– सर्वोच्च अदालतमा रौतहट नरसंहारका मुख्य आरोपी तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उनको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको हो । २०६४ फागुन २७ गते रौतहटमा बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएको […]

निर्वाचन आयोगविरूद्ध एमालेले आज मुद्दा दर्ता गर्ने

दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज अपरान्ह मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइरहेको छ’ भट्टराईको भनाइ छ ।केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेर