सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला फाइनलमा

६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५-१ ले हरायो । […]