धेरै क्षेत्रमा धान रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाउन सकेका छैनन् । किसानलाई मल दिन नसकेको भन्दै सांसदहरूले समेत सरकारको आलोचना गरेका छन् । मल आपूर्तिको व्यवस्था नमिलाएको र धान रोप्ने बेलामा गोदाम रित्तै भएको भन्दै उनीहरूले सरकारसँग यसको जवाफ मागेका छन् ।