रोल्पामा माओवादीका पुनको अग्रता कायमै

रोल्पा – रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले अग्रता कायमै राख्नुभएको छ । १३ हजार १६१ मतगणना हुँदा पुन ७ हजार ९ सय ९७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई एमालेका उम्मेदवार पूर्ण बुढामगरले ३ हजार १७३ मतसहित पछ्याइरहनुभएको छ । राप्रपाका लीला राउतले ५५० मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामबहादुर क्षेत्रीले २८९ र मजदुर किसान पार्टीका नातिभाइ ह्याम्बोले २४२ मत प्राप्त गर्नुभएको छ ।