नक्कली कागजात बनाएर मिर्गौला लेनदेन गराउनेलाई अदालतको सफाई, गलत कसुरमा मागदाबी गरेको ठहर

नक्कली कागजात तयार पारी नाताभित्र नपर्ने व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरिएको मुद्दामा जिल्ला अदालत ललितपुरले सबै प्रतिवादीलाई सफाई दिएको छ । केही रकम दिएर मिर्गौला किनेर प्रत्यारोपण गर्ने (लिने) भनिएका शंकरलाल लामासहित मिर्गौला लेनदेन र प्रत्यारोपणमा संलग्न भनिएका ९ जनाले मंगलबार सफाई पाएका हुन् ।ललितपुर जिल्ला अदालतका न्यायाधीश शिवबहादुर रानाभाटको इजलासले मिर्गौला तस्करीमा मुछिएका ९ जनालाई अभियोग मागदाबी नपुग्ने भन्दै सफाई दिएको हो । मंगलबार भएको फैसला आउन केही समय लाग्ने भए पनि राय कित