शव व्यवस्थापनमा सेनालाई चुनौती : मृतकका परिवारसँग पैसा माग्ने बिचौलिया सलबलाए

झापा : दोस्रो लहर नयाँ भेरियन्टको कोरोना भाइरसका कारण झापा जिल्लामा पछिल्लो पटक दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ। जिल्ला तथा जिल्लाबाहिरका संक्रमितको मृत्यु भएपछि संक्रमितको शव व्यवस्थापन गर्न नेपाली सेनाको शव व्यवस्थापन टिम दिनरात खटिरहेका छन्। सेनालाई शव व्यवस्थापनमा समस्यासँगै चुनौतीको पनि त्यतिकै सामना गर्नुपरिरहेको छ। शव व्यवस्थापन गर्न जाने सेनाको टिमलाई सहयोग वा खर्च दिनुपर्छ भन्दै झापामा बिचौलियाहरू सक्रिय बनेपछि नेपाली सेनाले त्यसको पनि सामना गर्नु परिरहेको श्री नयाँ श्रीनाथ गण च