पर्यटक आकर्षित गर्न ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना हुँदै

पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै भारतीय पर्यटकलाई बढीभन्दा बढी आकर्षित गर्ने उद्देश्यकासाथ नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना गरिंने भएको छ । सो मार्टमा भारतका विभिन्न ठूला शहरबाट ५० भन्दा बढी पर्यटक व्यवसायी र नेपालका सातवटै प्रदेशबाट सोही संख्याका व्यवसायीको सहभागीता रहने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । फागुन २६ देखि २८ गतेसम्म नेपालगञ्जमा आयोजना गरिने सो ट्राभल मार्टको तयारी पुरा भएको र भारतीय पर्यटन व्यवसायीहरु पुगिसकेको अध्यक्ष सिग्देलले बताउनुभयो ।