उपस्थित पत्रकारले पूर्व राष्ट्रपति भण्डारीलाई ‘एमाले नेतृत्वमा तपाईँलाई देख्न पाइन्छ कि पाइँदैन? भनेर सोधेका थिए। जसको उत्तरमा भण्डारीले भनिन्, ‘पाउनुहुन्छ। म आइराखेको छु।’
माओवादी केन्द्रका नेता राम कार्कीले भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकामा कल्की झुन्ड्याएर ठुल्ठूलो पदमा पुगेर एकताको स्वाङ गरिरहेको टिप्पणी गरेका छन्।
हरिवंश आचार्य, सीताराम कट्टेल, जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला र रजनी गुरुङलाई शीर्ष भूमिका रहने गरी ‘पाँच पाण्डव’ फिल्म निर्माण हुने भएकाे छ।