प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गर्ने दिन नजिकिँदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई दबाब बढिरहेको छ । उनलाई धनुषा छाडेर विभिन्न चुनाव क्षेत्रबाट निर्वाचन लड्न दबाब आइरहेको छ ।यसअघि धनुषा–३ बाट चुनाव जितेका महतोलाई यस पटक सर्लाही र सप्तरीबाट समेत चुनाव लड्न दबाब आइरहेको छ । महतोको भित्रि इच्छा धनुषा–३ बाटै चुनाव लड्ने हो । उनले यसका लागि आन्तरिक तयारी पनि गरिसकेका छन् तर उनलाई गृहजिल्ला सर्लाही र नेपाल सद्भावना पार्टीका संस्थापक स