संकटमा पाकिस्तानी प्रधानमन्त्री : पूर्वपत्नी भन्छिन्– इमरान भ्रममा छन्

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो संकटको घडीमा छन् । पाकिस्तानी संसदमा खानविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । सम्भवतः अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुनेछ । ३४२ सदस्यीय राष्ट्रिय सभामा खानलाई हटाउन १७२ को साधारण बहुमत आवश्यक हुन्छ । एउटा प्रमुख सत्ता साझेदारले गठबन्धन छोडेपछि खानले बहुमत...