एमाले सचिवालयको बैठक जारी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बालकोटमा जारी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जारी बैठकमा आगामी बस्ने भनिएको स्थायी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको बैठकको तयारी एवम् छलफलका एजेण्डाका विषयमा छलफल हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा (एमाले) सचिवालयको बैठक अहिले जारी छ। बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सचिवालयको बैठक बसेको हो। राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न सचिवालयको बैठक बसिरहेको बताइएको छ।