रौतहट-१ मा मतान्तर फराकिलो बनाउँदै माधव नेपाल

७ मंसिर, काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन् । नेपाल ४ हजार ७२४ मतले अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।  

सम्बन्धित सामग्री

रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी

रौतहट । रौतहट १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्। उनले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्र्धी नेकपा एमालेका अजय २६ हजार ५२२ मत गरेका छन्। उनीहरुबीच ७ हजारको मतान्तर छ।

माधव नेपाल निर्वाचित, एमालेका अजय गुप्ता ७००० मतान्तरले पराजित

काठमाडौं, ८ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले एमालेका अजय गुप्तालाई पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् । नेपाल र गुप्ताको मतान्तर ७ हजार रहेको छ ।

रौतहट- १ मा मतान्तर बढाउँदै माधव नेपाल

रौतहट - रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका माधव नेपालको मतान्तर बढ्न थालेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाल एमालेका अजय गुप्ताभन्दा चार हजार ६ सय ५१ मतले अगाडि हुनुहुन्छ । नेपालले अहिलेसम्म १९ हजार ७ सय ८९ मत पाउनु भएको छ भने गुप्ताले १५ हजार १ सय ३८ मत पाउनु भएको छ ।