भूकम्पपछि बाजुरामा एकजनाको मृत्यु, २५ घरमा क्षति

भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् । घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिनुभयो । घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । भूकम्पबाट २५ …

सम्बन्धित सामग्री

भूकम्पपछि बाजुरामा एकजनाको मृत्यु, २५ घरमा क्षति

भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् ।

अस्ट्रेलियामा बाढी : एक महिनामा पर्ने पानी एकैदिन पर्‍यो, सयौं घरमा क्षति

अस्ट्रेलियाको तीनवटा राज्यमा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। निरन्तरको वर्षाका कारण बाढी आएपछि स्थानीय प्रशासनले नागरिकहरुलाई सो क्षेत्रबाट अन्यत्र जान निर्देशन दिएको हो। अक्टरबर महिनाभर पर्ने पानी २४ घण्टामा अस्ट्रेलियामा परेको त्यहाँको मौसम विभागले जनाएको छ। बाढीका कारण ५०० भन्दा बढी घरमा क्षति पुगेको छ। हालसम्म एकजनाको मृत्यु भएको…

अक्सिजन प्लान्टमा विस्फोट : दर्जनौँ घरमा क्षति (तस्बिरहरू)

काठमाडौं । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । वरपरका दर्जनौँ घरहरूमा समेत क्षति पुगेको छ । घटनाको विस्तृत विवरण आउन...

समयमै क्षतिको विवरण नआउँदा राहतमा ढिलाइ

मंसिर १, बैतडी । कात्तिक पहिलो साता परेको अविरल वर्षाले बैतडीमा ठूलो धनजनको क्षति भएको थियो । अहिलेसम्म वर्षातबाट गएको बाढीपहिरोले गरेको क्षतिको पूर्ण विवरण आउन नसक्दा राहतमा ढिलाइ भएको छ ।  पहिरोले चार जनाको मृत्य भएको थियो भने करोडौको भौतिक संरचना, अन्नबाली लगायतका क्षेत्रमा क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा ६ स्थानीय तहले मात्र क्षतिको विवरण पठाएका छन् । अझै चार स्थानीयतहको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । विवरण नपठाउनेमा गाउँपालिकामा डिलाशैनी र पञ्चेश्वर छन् भने नगरपालिकामा मेलौली र पूर्चौडी रहेका छन् । वर्षातले बाटो अबरुद्ध भएकोले समयमा जनधनको क्षति भए पनि जिल्ला विपत व्यवस्थापनको टोली घटनास्थलमा पुग्न सकेको थिएन । टोली आफै घटनास्थलसम्म नपुग्दा क्षतिको विवरण संकलनमा स्थानीय तह र प्रहरीको भर पर्नु परेको हो । संकलन नभएका स्थानीय तहको विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ‘प्रहरीको मुचुल्का सहतिको विवरण माग गरेका छौँ’ उनले भने ।  महीना दिन हुन लाग्दा पनि कुनै राहत नपाएको पञ्चेश्वर २ का बाढि पीडित हरि चन्दले बताए । क्षतिको विवरण संकलन भएका स्थानीय तहमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै  झोलुंगे पुल, विद्यालय, सिँचाइ आयोजना, सडक र स्थानियले उत्पादन गर्ने खेतमा क्षति पुगेको छ । यस्तै, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाबाट संकलन गरेको तथ्यांक अनुसार १ हजार ३८० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको छ । विवरण संकलन भएका ६ ओटै स्थानीय तहमा वर्षातले १ हजार १४० हेक्टर क्षेत्रफलमा १ करोड २३ लाख मूल्य बराबरको अन्नबाली र तरकारीमा क्षति गरेको छ । सबैभन्दा बढि जिल्लाको सिगास गाउँपालिकामा क्षति भएको छ । सिगासमा मात्रै १ हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति पुगेको छ भने अरु स्थानीय तहमा यो भन्दा कम रहेको विवरणमा उल्लेख गरिएको छ ।  जिल्लाको शिवनाथमा एकै परिवारका तीन र सूर्नया गाउँपालिकामा एकजनाको मृत्यु भएको थियो । अहिले घरमा क्षति भएकाहरु आफन्तको घरमा बसेका छन भने आंशिक घर क्षति भएकाहरु त्यहि घरमा बसिरहेका छन् । आधाजतिले धान भित्र्याइ सकेकाले पनि बालीको कम क्षति भएको स्थानीयतहले बताएका छन् ।