निषेधाज्ञाको पहिलो दिन पोखरा क्षेत्र सुनसान

पोखरा महानगरसहित कास्कीमा मंगलबार मध्य रातदेखि लागू हुने भएको निषेधाज्ञाको पहिलो दिनमा पोखरा क्षेत्र सुनसान भएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न कास्की प्रशासनले गरेको निषेधाज्ञाको पहिलो दिन पोखरा क्षेत्रमा प्रायः सुनसान जस्तै भएको हो । जनता आफैं बढी सचेत भएको र ठाउँठाउँमा प्रहरी परिचालन गरिएकोले निषेधाज्ञाको पहिलो दिन धेरैले पालना गरेको हुँदा गण्डकी प्रदेशको राजधानी पोखरासहितको क्षेत्र सुनसान भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । उनका अनुसार निषेधाज्ञाको पहिलो दिन पोखराका मुख्यमुख्य चोक सहित कास्कीका गाउँगाउँमा करिब ५ सय ५० जना भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित सामग्री

दीपावलीमा धपक्कै बल्यो पोखरा (फोटोफिचर)

तिहारको तेस्रो दिन पोखरा क्षेत्र रङ्गीचङ्गी बत्तीले झकिझकाउ देखिएको छ । घरघरमा रङ्गीचङ्गी बत्ति बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा चलिरहेकाले पोखरा सहर झकिझकाउ देखिएको हो ।विगत दुई वर्षयता दीपावलीको समयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाएकाले पनि लक्ष्मी पूजाको दिन पोखराको दृश्य झिलिमिली देखिने गरेको छ ।तिहारको तेस्रो दिन हिन्दू धर्मावलम्बीले लक्ष्मीको पूजा आराधना गर्दै दीपावली मनाइरहेका छन् ।