बेलायती अखबारको दाबी : 'प्रिन्स चार्ल्सले कतारका पूर्व प्रधानमन्त्रीबाट करोडौं रुपैयाँ चन्दा लिए'

बेलायतका युवराज चार्ल्सले कतारका पूर्व प्रधानमन्त्री शेख हमिद बिन जस्सिमले प्रदान गरेको करोडौं रुपैयाँ नगद स्वीकार गरेको दाबी गरिएको छ। द सन्डे टाइम्सले चार्ल्सले तीनपटक नगद चन्दास्वरुप लिएको समाचार प्रकाशन गरेको बीबीसीले जनाएको छ। सन्डे टाइम्सका अनुसार चार्ल्सले सन् २०११ देखि २०१५सम्म तीनपटक गरि करिब १ मिलियन युरोप नगदमा चन्दा लिएका थिए।…