स्वरोजगार बन्दै सल्यान कारागारका कैदीबन्दी

सल्यान : सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन्। विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका छन्।कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन्। कारागारमा बस्दा यतिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए। उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ। मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ।’आकारअनुसार ५ सयदेखि ७ सय