शौचालयमा हिन्दू देवीदेवताको चित्र देखेपछि आक्रोश

अमेरिकाको न्यूयोर्कस्थित एउटा नाइटक्लबको शौचालयमा हिन्दू देवीदेवताका चित्र राखिएको देखेपछि भारतीय मूलकी एक अमेरिकी महिलाले आपत्ति जनाउँदै ब्लग लेखेकी छन्। उनले यस विषयलाई 'उपनिवेशवाद' सँग जोड्न खोजेकी छन्।