पर्वत कारागारका कैदीलाई पुस्तकालयको व्यवस्था गरिने

पर्वत : जिल्ला कारागार पर्वतमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीहरूको लागि पुस्तकालयको निर्माण गरिने भएको छ।विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले अध्ययनबाट उनीहरूको सोचाइ र व्यवहारमा परिवर्तन ल्याउन सजिलो हुने भन्दै पुस्तकालयको स्थापना गर्न लागिएको हो।अध्यक्ष अर्जुन पौडेल ‘निर्जन’ ले बन्दी जीवन बिताइरहेकाहरूलाई आफू बन्दी हुँ भन्ने भावना त्यागेर केही कुरा अध्ययन गरी निस्कने बेलामा अध्ययनशील, सकारात्मक सोच भएको र सामाजिक रूपमा हुने घुलमिलका लागि सहज भन्ने