काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह आगामी शुक्रबार (मंसिर २३) गते हुँदैछ। दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो।
दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार ३९२ जन विद्यार्थी दीक्षित हुँदैछन्। वि सं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म 'ट्रान्सक्रिप्ट' लिएका विद्यार्थी…