चितवन–२ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड

काठमाडौं, ३० कार्तिक । चितवन–२ का सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । उनको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठको सचिवालयले जनाएअनुसार भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा रहेका बेला श्रेष्ठको गाडीमा प्रहार भएको हो । मोटरसाइकलमा […]

सम्बन्धित सामग्री

चितवन-२ मा रवि लामिछानेकाे अग्रता

चितवन-२ मा पहिलो पटक रवि लामिछानेले अग्रता लिएका छन्। चितवन क्षेत्र न २ को मतगणना प्रत्यक्ष तर्फ प्रतिनिधि सभा कृष्ण भक्त पोख्रेल (सुर्य): ३८७९ उमेश श्रेष्ठ (रुख): ३४१० रवि लामिछाने(घन्टी):४००७...

रवि लामिछाने उम्मेदवार रहेकाे चितवन २ मा मतगणना सुरु

चितवन – चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि याे क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बन्नुभएकाे छ । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

सबै दलका प्रतिनिधि नभएपछि रवि उठेको चितवन- २ मा भाेलि बिहानलाई बोलाइयो बैठक

चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगै कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेललगयातका उम्मेद्‍वारबीच प्रतिस्पर्धा छ ।

चुनौती देखेरै चितवन आएको हुँ, जित्छुः उमेश श्रेष्ठ

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं चितवन २ का उम्मेदवार उमेश श्रेष्ठ आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘म भोजपुर जान सक्थें, ललितपुरमै बस्न सक्थें, तर चुनौती भएरै चितवन आएको हुँ । म जहिल्यै उज्यालो हेरेको मान्छे हुँ । चितवन मेरा लागि नयाँ होइन । ३२ वर्षदेखि चितवनमा घर बनाएर बसेको छु […]

चितवन–२ : के भन्छन् उम्मेदवार ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ मा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उम्मेदवारहरु भोट माग्नका लागि आफ्नो घरदैलोमै आउँदा मतदाता भने आफ्नै कर्ममा व्यस्त देखिन्छन् । उनीहरु उम्मेदवारप्रति खासै उत्साहित देखिएका छैनन् ।यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ बिहीबार भरतपुर महानगरपालिकाको ११ नम्बर वडा क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्रीसमेत रहेका श्रेष्ठ आफ्ना कार्यकर्ताका साथ घरदैलो

चितवन–२ मा रवि लामिछानेको परीक्षा, यी हुन् तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार

पार्टीसहित राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका लागि यो निर्वाचन परीक्षाको रुपमा अगाडि आएको छ । चुनाव लड्नका लागि चितवन पुगेका उनले आफ्नो चुनावी अभियान थालिसकेका छन् । उनले चितवन २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । रवि लामिछानेको उम्मेदवारीपछि चितवन–२ को नतिजा कस्तो आउला भन्ने चासो पनि उत्तिकै छ । चितवन २ मा कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, नेपालका  मुस्तफा

चितवन–२ मा गठबन्धनको साझा उम्मेदवारमा उमेश श्रेष्ठ

चितवन, १३ असोज । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी थालेका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिएका मन्त्री श्रेष्ठ पछिल्लो समय चितवनमा नै बढि केन्द्रित छन् । उनी गठबन्धनको साझा उम्मेदवारको रुपमा यसपटक चुनावी मैदानमा उत्रिन लागेका हुन् । छोटो समय स्वास्थ्य मन्त्रालयको नेतृत्व […]

मेरो प्राथमिकता चितवन–२ होः उमेश श्रेष्ठ

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ केही दिनदेखि चितवनमै छन् । उनले नेपाली कांग्रेसका तर्फबाट चितवन–१ र चितवन–२ दुवै संघीय निर्वाचन क्षेत्रमा उम्मेदवारीको दाबी गरेका छन् । “विगत १० वर्षदेखि म राजनीतिमा क्रियाशील छु । दुई कार्यकाल समानुपातिक सांसद भएँ । अब प्रत्यक्षमा लड्ने सोच बनाएर राजनीतिक […]