प्रदेशसभामा पूर्व र बहालवालामन्त्री कसको अवस्था कस्तो ?

विराटनगर : ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङमा यति वेला मतगणना जारी रहँदा प्रदेशसभा सदस्यमा तीनजना उम्मेदवार विजयी भइसकेका छन्। नेकपा माओवादी केन्द्रका जीवन आचार्य, नेपाली कांग्रेसका गयानन्द मण्डल र  एमालेका जयप्रकाश चौधरीले विजय हासिल गरेका छन्। प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा मोरङमा ५ जना पूर्व र बहालवाला मन्त्री उत्रिएका थिए। यातायात तथा तथा सूचनामन्त्री उपेन्द्र घिमिरे, पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, स्वास्