पर्वत : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश स्वर्ण पदकका लागि भिड्ने भएका छन्।बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ३६–२१ प्वइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लबलाई २७–१० प्वइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समूह विजेता घोषि
काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ । पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा अलआउट हुँदै १५ रन मात्र […]
काठमाडौं : साफ यू–१७ फुटबल च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको नेपालले शुक्रवार समूह चरणको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै छ। एक खेल अगावै सेमिफाइनल पुगेका दुवै टिम अपराजित रहने दाउमा हुने छन्।श्रीलंका स्थित कोलम्बोको रेस कोर्स ग्राउण्डमा दिउँसो ३ः४५ मा सुरु हुने खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुने छ। भारत पनि नेपाललाई हराएर समूह विजेता बन्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा रहने छ। समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा भुटानलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा प्र