शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको हो ।हरिशंकर मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन् । नेपाली काँग्रेसका महोत्तरी जिल्लाका नेता पूर्व सांसद मिश्रको जन्म महोत्तरीको पिपरा गाउँपालिकामा २००२ सालमा भएको थियो । ५९ वर्षदेखि राजनीतिमा सक्रिय