धनुषामा गाँजा बेचेको आरोपमा एक जना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले लागुऔषध गाँजा बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको। पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ दूधमती चौकस्थित फलफूल व्यवसायी १९ वर्षीय अरूणकुमार साह रहेका छन्।फलफूल पसलमा प्रतिबन्धित लागुऔषध गाँजा बिक्री बितरण हुने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले अरुणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो। अरुणको पसलबाट प्रहरीले खानतलासी गर्दा एउटा डिस्पोजल झोलाबाट गाँजा फेला परेको

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।