उत्तर कोरियाको दाबी– किम जोङको निगरानीमा हाइपरसोनिक मिसाइल परीक्षण

२८ पुस, काठमाडौं । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । सरकारी समाचार एजेन्सी केसिएनलका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको थियो र यो मिसाइल एक हजार किलोमिटर टाढा सही लक्ष्यमा खसेको थियो । किम जोङ उनले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा गरेको भाषणपछि […]

सम्बन्धित सामग्री

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

चीनद्वारा हाइपरसोनिक मिसाइल परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान

चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । अझ यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ ।चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्