'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेकालाई धराैटीमा छाड्न आदेश

काठमाण्डाै – काठमाण्डाै जिल्ला अदालतले 'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेका तीन जनालाई धराैटीमा छाड्न आदेश दिएकाे छ ।  आज बुधवार न्यायाधीश राजकुमार श्रेष्ठकाे एकल इजलासले राष्ट्रिय टाेलीका सदस्य माेहमद आदिल अन्सारी, राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलम र नितेश गुप्तालाई तीन लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे ।  गएको पुस ९ देखि २७ सम्म काठमाण्डाैमा भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनु...