संयुक्त गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सत्तारूढ दलहरूको गठबन्धनले पर्वतको मोदी गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ । वैशाख १७ गते औपचारिक रूपमा सुरुवात गरिएको चुनावी कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार र पार्टीका नेताहरूले आफ्नो साझा प्रतिवद्धतासहित चुनावी अभियानलाई तीव्रता दिएका हुन् । मोदीमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्तबहादुर हमाल र उपाध्यक्षमा काँग्रेसका रामबहादुर प्रसाईले संयुक्त उम्मेदवारी दिएका छन् । वैशाख