खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा १०० बोनस पाइने

खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ ।  यो अफर  लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ । हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन्। जसमा पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ भने यो अफर चैत्र ९ गतेदेखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ। यस अफरको बारेमा

सम्बन्धित सामग्री

माछापुच्छे बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा नगद बोनस

खल्ती डिजिटल वालेट र माछापुच्छे बीचको साझेदारी भएको छ। योसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको हो ।सेवा सुचारु भएलगत्तै ‘खल्ती’सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले १०० रुपैयाँ बोनस तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएको छ ।साथै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन पनि जित्न सक्ने कम्पनीको भनाइ छ […]

‘खल्ती’ मा माछापुच्छ्रे बैंकको खाता लिंक गरे बोनस र स्मार्टफोन

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै  ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा  माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो ।यस्तै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्गको स्मार्टफोन पनि जित्न सक्ने खल्तीले जनाएको छ ।  बोनस र स्मार्टफोन माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने प्रयोगकर्ताका लागि लागू हुने जनाइएको छ ।  एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछ