२४ असोज, विराटनगर। प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार सामान्य भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार मृतकका आफन्त र प्रशासनबीच छलफलपछि अवस्था सामान्य बनेको हो । उनका अनुसार मृतकको शवको पनि पोष्टमार्टम गरिएको छ । आन्दोलनरत पक्ष र प्रशासनबीच घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको […]