ट्याक्टरमा लोड गरी भारत लैजाँदै गरिएको ३०० कार्टुन रक्सी नियन्त्रण

पर्सा : ट्याक्टरलमा लोड गरी अवैध रुपले भारततर्फ लजाँदै गरिएको ३ सय कार्टुन 'कस्तुरी' मदिरा सीमा क्षेत्र नजिकबाट प्रहरीले पक्राउ गरेको छ।नेपाल र भारत (वारिपारि)  दुवैतर्फ कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी छ। यही मौका छोपी कारोबारीले अवैध तरिकाले सीमा कटाउन लागेको ठूलो परिमाणको मदिरा बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो। सीमापारि भारतमा त्यहाँको सरकारले केही वर्ष पहिलेदेखि नै मदिरा प्रयोग निषेध गरेको छ। तथापि मदिरा पारखीले सीमावारि आएर त कहिले अवैध तरिकाले न