वन नियमावली मस्यौदा: तराईका सामुदायिक वनले ५० प्रतिशत काठ सरकारलाई बुझाउनुपर्ने

वन तथा वातावरण मन्त्रालयले तराई–भित्री मधेसका सामुदायिक वन उपभोक्ता समूहहरूले उत्पादन गरेको सालका काठमध्ये ५० प्रतिशत जिल्ला वन आपूर्ति समितिलाई नै बुझाउनुपर्ने व्यवस्थासहितको ‘वन नियमावली–२०७८’ को मस्यौदा गरेको छ । सालबाहेक अन्य प्रजातिको काठको हकमा उपभोक्ता समूहहरूले आपूर्ति समितिको मागका आधारमा उपलब्ध गराउन सक्ने प्रस्ताव गरिएको छ ।