दासढुंगाको रहस्य : कसले, किन गर्यो अमर लामाको हत्या ?

तनहुँ घर भएका अमर लामा मदन भण्डारीका गाडी चालक थिए । नेकपा एमालेका कार्यकर्तासमेत रहेका उनै लामाले चलाएको गाडी २०५० जेठ ३ गते दासढुंगाबाट त्रिशुली नदीमा खसेको थियो । मदन भण्डारी र जीवराज आश्रित त्रिशुलीमा डुबेर मरे, अमर लामाचाहिँ गाडीबाट ओर्लिएर बाँचे । एमालेले यो घटनालाई षड्यन्त्रपूर्वक भएको हत्या ठान्यो ।दश वर्षपछि उनै अमर लामाको २०६० साल साउन ११ गते अपरान्ह पौने ४ बजे कीर्तिपुरमा गोली हानेर हत्या गरियो । लामाको टाउकोमा पछाडिबाट गोली लागेको थियो । उनको टाउकोमा प्रहरीले प्रयोग गर्ने ९–एम