संयमतालाई कमजोरी नबुझ्न भारतलाई चीनको चेतावनी

एजेन्सी । चीनले भारतलाई अहिले सम्म सीमामा संयम र सद्भावना देखाएको बताएको छ । चीनले बिहिबार साँझ वक्तव्य जारी गर्दै यो संयम हाम्रो बटम लाइन हो र भारतले यसलाई कमजोरी नबुझ्न चेतावनी दिएको छ । बिहिबारै भारतीय विदेशमन्त्री सुषमा स्वराजले दुई देशबीचको द्विपक्षीय सम्बन्ध राम्रो हुन सीमामा शान्ति हुनुपर्ने बताएकी थिइन् ।