नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र)बाट एमालेमा समाहित बनेकाहरू स्वतः एमालेको सदस्य हुने गरी नयाँ कार्ययोजना प्रस्तुत गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टीको असारसम्मको कार्ययोजना प्रस्तुत गरेका हुन् ।
कार्ययोजनामा जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीलाई अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र जनवर्गीय सङ्गठनहरूको पनि पुनर्गठन गर्ने प्रस्ताव गरिएको छ ।परराष्ट्रमन्त्...