यतिबेला मुलुकमा राजनीतिक सङ्कट पैदा भएको छ । राजनीतिक सङ्कटसँगै राष्ट्रियतामाथि खतरा बढेर गएको छ । राजनीतिक दल भने यो खेलको गोटी बनेका छन् । यो मुलुकको कुनै नवीन समस्या होइन । पुरातन समस्या नै हो । मुलुकले यो समस्याबाट पटक पटक निकास खोजे पनि समस्या भने दिनानुदिन विकराल बन्दै गएको छ । राष्ट्रिय समस्या कमी हु...