तरकारी बेचेरै लाखौं आम्दानी

मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छिन् ।काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौं रुपैयाँ कमाउन थालेकी छिन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छिन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा […]

सम्बन्धित सामग्री

झ्याजेटोलबाट ७० लाख रुपैयाँ बराबरको तरकारी निकासी

दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाएका छन् । यही तरकारी बेचेरै उनले मनग्य आम्दानी गरेका छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गरेको उनले सुनाए ।

झ्याजेटोलबाट ७० लाखको तरकारी निकासी

दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाउनुभयो । उहाँले बारीमा आलु, काउली र टमाटर लगाउने गर्नुभएको छ । यही तरकारी बेचेरै उहाँ आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल हुनुहुन्छ । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गर्नुभएको छ ।

झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी

भेरीगङ्गा । दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका छन् । यही तरकारी बेचेरै उनी आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल छन् । तरकारी बेचेरै घर खर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गरेका छन् । ‘हाम्रो […]

बागलुङको एक गाउँ : जहाँका किसानले तरकारी बेचेरै लाखौँ कमाउँछन्

बागलुङ : अधिकारी चौरगाउँ अर्थात् ‘तरकारी गाउँ’। गाउँभरी प्लास्टिकका टनेल। टनेलभित्र लटरम्म फलेका गोलभेंडा, फक्रिएका बन्दा र काउली।एक दशक अगाडिसम्म गहुँ, जौँ, धान र मकै फल्ने अधिकारी चौरका खेतीयोग्य जमिनमा अहिले तरकारी खेती भइरहेका छन्। अहिले ति बारीहरूमा सेताम्मे प्लास्टिका टनेल छन्। पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्।ढोरपाटन नगरपालिका,५ मा पर्ने अधिकारीचौर र नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आवद्ध छन्। वि

तरकारी बेचेरै लाखौँ आम्दानी

बलेवा । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छन् । काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थालेकी छन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा […]

अर्गानिक तरकारी फलाएर लखपति हुँदै म्याग्देली किसान

म्याग्दी । २८ वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता फलाएको तरकारीको माग बढेपछि दंग छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेतबारीमा प्रांगारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल्यै पनि अर्गानिक तरकारीको विक्री यति धेरै भएको थाहा पाएका थिएनन् । ‘२८ वर्षदेखि तरकारी खेती गरिरहेको छु । जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने, ‘तर कोरोना कहर सुरु भएयता जसरी तरकारीको विक्री भयो, यसअघि कहिल्यै पनि भएको थिएन ।’ कोरोना संक्रमण जतिजति बढ्दै गयो, स्थानीयले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अर्गानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेषगरी आयातीत तरकारी र फलफूल नपाइने वा त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका किसानकहाँ पुगेरै  बजारका नागरिकले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानको उत्पादनले बजार पाउन थालेका हुन् । किसान कार्कीको खेतबारीमा अर्गानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिल जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमै पुगेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् । त्यसैगरी खबराका अर्का किसान शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायत जिल्लाका दुई दर्जनभन्दा बढी किसानले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले ०७६ चैतदेखि ०७८  वैशाखसम्म तरकारी बेचेरै ११ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो विक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको सुनाए । म्याग्दीका ६ वटा स्थानीय तहमा गरी २ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेको कृषि प्राविधिक जगत बानियाको अनुभव छ । बानियाँ भन्छन्, ‘कोरोना कहर सुुरु भएयता मानिसले अर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’ कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको बगरफाँटका किसान जीतबहादुर कार्कीको अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक छेउमा रहेको उनको बारीमा अर्गानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । कोरोनापछि अर्गानिक तरकारी खोज्दै उनका बारीमा धेरै उपभोक्ता पुग्छन् । प्रांगारिक तरकारी खेती गर्न पाउँदा खुसी लागेको बताउँछन् । विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा हानि गर्ने हुँदा सबैले अर्गानिक खेती गर्नुपर्ने कृषि विज्ञको सुझाव छ । म्याग्दीमा निजी क्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आबे बगरमा करिब १० करोड लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मंगला गाउँपालिकाको हिदीमा ३ करोड लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन् । म्याग्दीमा पछिल्लो समय अर्गानिक कृषितर्फ युवा आकर्षण पनि बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरू अर्गानिक खेतीमा लागेका छन् ।

तरकारी खेतीबाट राम्रो आम्दानी

कालिकोटको रास्कोट नगरपालिकाका किसान तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा व्यवसायिक तरकार खेती गर्न थालेपछि किसानको जीवनस्तरमा समेत सुधार आएको छ । रास्कोट नगरपालिका–२ का कविराज न्यौपानेले तरकारी खेती गरे राम्रो आम्दानी हुने बताए । उनले १३ रोपनी जमिनमा विभिन्न जातका तरकारी खेती गरेका छन् । तरकारी खेतीसँगै विरुवा उत्पादन गरेर पनि उनले बिक्री गर्दै आएका छन् । कात्तिक र मंसिरमा प्याजका विरुवा बेचेरै ६० हजार रूपैयाँ आम्दानी गरेको उनले बताए ।

तरकारी बेचेरै बदलियोे जीवन

नेपालमा राम्रो रोजगारीको खोजी गर्दै विदेश जाने यु्वाको संख्या दैनिक रूपमा बढिरहेको छ । दैनिक १५ सयका दरले विदेशिने युवामध्ये कुनैले त राम्रो कमाइ गर्न सफल पनि भएका छन् भने कतिपय युवाले दुःख पाउँदै न आम्दानी न त राम्रो स्वास्थ्य हुनुपर्ने बाध्यात्मक परिस्थिति हामीले देखिरहेका छौं ।

तरकारी बेचेरै केहीको गाडी, केहीको सहरमा घरघडेरी

कालिकोट : खाँडाचक्र नगरपालिका–४ बद्रीगाउँ किसानहरू तरकारी बेचेरै गाडीका धनी भएका छन्। उनीहरूले तरकारी बेचेर आएको आम्दानीबाट नै गाडी किनेका हुन्। वडा नम्बर ४ का हरिचन्द्र आचार्य, ठम्म आचार्य, ऋषि आचार्य र प्रकाश आचार्य आलु, गोलभेंडा, काउली, गाजर, प्याजलगायत तरकारी बाली लगाउँछन्। उनीहरूले तरकारी खेतीबाट भएको आम्दानी...